२०४० सम्ममा चन्द्रमामा मान्छे पठाउने र अन्तरिक्ष स्टेसन स्थापना गर्ने भारतको योजना

बिएल संवाददाता

नयाँदिल्ली
File Photo
File Photo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने र एक अन्तरिक्ष स्टेसन स्थापना गर्ने भारतको योजना रहेको बताएका छन्। भारतले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई अगाडि बढाइरहेको छ।

विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको भारत आफ्नो पहिलो चालकसहितको अन्तरिक्ष मिसनका लागि शनिबार एउटा महत्वपूर्ण परीक्षण उडानका लागि तयार भएको बेला प्रधानमन्त्री मोदीको उक्त घोषणा आएको हो। उनले अन्तरिक्ष एजेन्सीका अधिकारीहरूसँग भारतीय अन्तरिक्ष पहलको सफलतालाई अगाडि बढाउनुपर्ने बताए।

‘सन् २०३५ सम्ममा ‘भारतीय अन्तरिक्ष स्टेसन’ र सन् २०४० सम्ममा चन्द्रमामा पहिलो भारतीय पठाउनेसहित मुलुकले अब नयाँ र महत्वाकांक्षी लक्ष्य बनाउनु पर्छ’, मङ्गलबार अबेर उहाँले एक वक्तव्यमा भने।

प्रधानमन्त्री मोदीले चन्द्रमामा ‘मिसनहरूको शृङ्खला’ का लागि योजनाहरूको विकास गर्न अधिकारीहरूलाई आग्रह गरे।

भारतले कम बजेटमा अन्तरिक्ष कार्यक्रम सञ्चालन गरेको छ। भारत गत अगस्टमा चन्द्रमाको अज्ञात दक्षिणी ध्रुवमा ठूलो स्तरमा आफ्नो यान अवतरण गराउने विश्वको पहिलो देश बनेको थियो। साथै उसले सूर्यको सबैभन्दा बाहिरी भागको निरीक्षण गर्नका लागि एउटा अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ।

प्रकाशित मिति: : 2023-10-18 18:03:00

प्रतिकृया दिनुहोस्