सहयोग र मतदानका लागि रमेश श्रेष्ठको अपिल

यसअघि मध्यपूर्वको संयोजक पदका लागि उम्मेदवारी घोषणा गरेका रमेश श्रेष्ठले उपसंयोजक पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। 

समूहमा भएको छलफल र सहमतिअनुसार उपसंयोजक पदमा रहेर पनि उल्लेख्य काम गर्न सकिने निष्कर्ष निकाल्दै उपसंंयोजकका लागि उम्मेदवारी दर्ता गरेको श्रेष्ठले बिएल नेपाली सेवालाई बताए।

सामाजिक दायित्वलाई आत्मसात गर्दै अग्रज एवम् समकालीन साथीहरूको सुझावअनुसार आफूले उपसंयोजकमा उम्मेदवारी दिएको श्रेष्ठको भनाइ छ। सबैको आग्रह, सहमती र सहकार्यलाई मध्यनजर गरेर अगाडि बढेको उल्लेख गर्दै श्रेष्ठले सम्पूर्ण एनआरएनए अभियन्ता तथा डेलिगेट्सहरुलाई सहयोग र मतदान गरिदिन अपिलसमेत गरेका छन्।

युएईमा लामो समयदेखि व्यवसाय गर्दै आएका श्रेष्ठ मध्यपूर्वमा लोकप्रिय मानिन्छन्।

पछिल्लो समय उनको सामाजिक सक्रियतासमेत ह्वात्तै बढेको छ। श्रेष्ठले एनआरएनएलाई युएईमा स्थानीय कानुन अनुसार दर्ता गरेर सञ्चालन गर्न नेतृत्वदायी भूमिका खेलेका थिए।

प्रकाशित मिति: : 2023-10-18 10:23:00

प्रतिकृया दिनुहोस्