पाकिस्तानमा सुरक्षा बलसँगको भीडन्तमा ६ जना आतङ्ककारी सहित १ सैनिकको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा शनिबार सुरक्षा बल र आतङ्ककारीहरूबीच भएको भीडन्तमा कम्तीमा छ जना आतङ्ककारी र एक जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ।

मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन (आइएसपीआर)ले जिल्लाको मिर अली क्षेत्रमा गुप्तचरको सूचनाको आधारमा सुरक्षा बलले कारबाही गरेको हो।

कारबाहीका क्रममा आफ्नै सेना र आतङ्ककारीहरू बीच तीव्र रूपमा गोली हानाहान हुँदा छ जना आतङ्ककारी मारिएका छन् भने, आठ जना आतआङ्ककारी घाइते भएका छन्। आईएसपीआरले दिएको जनाकारी अनुसार एक जना ३३ वर्षीय सुरक्षाकर्मीले पनि भीडन्तमा ज्यान गुमाएका छन्।

 आतङ्ककारीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2023-10-15 23:27:00

प्रतिकृया दिनुहोस्