उद्धव थापाद्वारा संसदीय दलकाे नेताबाट राजीनामा

नेपाली काँग्रेसकाे काेशी संसदीय दलकाे नेताबाट उद्धव थापाले राजीनामा दिएका छन्।

आफ्नाे दलका अर्का नेता केदार कार्की एमालेकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले नैतिकताकाे आधारमा राजीनामा दिएकाे बताएका छन्।

‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रुपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरी आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश ससदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिवद्ध रहँदै आगामी दनमा क्रियाशील रहनेछु,’ थापाले राजीनामा पत्रमा भनेका छन्।

सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेसका नेता कार्की शनिबार एमालेकाे समर्थनमा मुख्यमन्त्री बनेका छन्। उनी पार्टीकाे निर्णयविपरीत मुख्यमन्त्रीमा दाबी गरेका थिए।

प्रकाशित मिति: : 2023-10-14 13:54:00

प्रतिकृया दिनुहोस्