पाकिस्तानको इस्लामावादको क्वेटाबाट ७०० भन्दा बढी ‘अवैध’ विदेशी नागरिक पक्राउ

बिएल संवाददाता

इस्लामाबाद
Symbolic photo
Symbolic photo

संघीय सरकारले गैरकानुनी आप्रवासीहरूलाई नोभेम्बर १ सम्ममा पाकिस्तान छोड्ने समयसीमा दिएको एक दिनपछि, इस्लामावाद र क्वेटाका प्रहरीले कानुनी कागजातहरू बिना बसेको आरोपमा ७०० भन्दा बढी विदेशी नागरिकहरूलाई पक्राउ गरेको छ।

इस्लामाबाद पुलिसका प्रवक्ताले अपरेशनको क्रममा १ हजार १ सय २६ विदेशी नागरिकलाई सोधपुछको क्रममा ५०३ विदेशी नागरिक अवैध रूपमा बसोबास गरेको पाइएको थियो।

उनीहरुलाई विदेशी कानुनको धारा १४ अन्तर्गत मुद्दा दर्ता गरी हाल न्यायिक हिरासतमा जेलमा राखिएको छ। आवश्यक कानुनी कागजात पेश गरी करिब ६२३ जनालाई रिहा गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच क्वेटामा, अवैध रूपमा बसोबास गर्ने २०० भन्दा बढी अफगानीहरू पक्राउ परेको क्वेटा डिभिजन कमिश्नर हमजा शफकातले बताए।

प्रकाशित मिति: : 2023-10-10 13:09:00

प्रतिकृया दिनुहोस्