यूनिसेफले बङ्गलादेशी बालबालिकालाई लक्षित गर्दै डिजिटल साक्षरता कार्यक्रम गर्ने

संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ) ले बङ्गलादेशका बालबालिकाका लागि डिजिटल साक्षरता र अनलाइन सुरक्षालाई सदृढ पार्न बिशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष साझेदारी कार्यक्रमअन्तर्गत बङ्गलादेशका एक करोडभन्दा बढी बालबालिकाले प्रविधिको नैतिक र जिम्मेवार प्रयोगका लागि उचित ज्ञान प्राप्त गर्ने  संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घीय स्रोतले दिएको जानकारीअनुसार बङ्गलादेशको दूरससञ्चार, नर्वेली टेलिकम कम्पनीलगायतको सहकार्यमा कार्यक्रम सफल पार्न पहल गरिने समेत स्रोतले जनाएको छ।  

इन्टरनेटले बालबालिकाको शिक्षा र बृद्धि बिकासका लागि धेरै अवसरहरु प्रदान गर्दा गर्दै पनि उनीहरूको डिजिटल सुरक्षा सुनिश्चित गरी खतराबाट जोगाउनका लागि कार्यक्रम आयोजना गरिएको  बङ्गलादेशका लागि यूनिसेफका प्रतिनिधिले बताए।  

कार्यक्रमबाट बङ्गलादेशका ८,९ र १० कक्षाका एक करोडभन्दा बढी बिद्यार्थी लाभान्वित हुनेछन्। 

सहभागी बिद्यार्थीहरूमध्ये १० लाख अपाङ्ग तथा जोखिममा परेका बालबालिकाहरूलाई डिजिटल शिक्षा यात्रामा सहयोग गर्ने बङ्गलादेशका लागि यूनिसेफका प्रतिनिधिले बताएका छन्।  

कार्यक्रमबाट कक्षा ८ देखि १० कक्षासम्मका ६० लाख विद्यार्थीले उमेरअनुसार डिजिटल सुरक्षा र साक्षरतामा धेरै सर्तहरु प्राप्त गर्न सक्ने स्रोतले जनाएको छ। 

यस परियोजनाले विद्यार्थीका साथै दुई हजार ५०० शिक्षक र २० लाख अभिभावकलाई समेत अनलाइनको सुरक्षा र उपयोगबारे ज्ञान बिस्तार गर्ने विश्वास आयोजकले लिएको छ। 

प्रकाशित मिति: : 2023-10-09 16:59:00

प्रतिकृया दिनुहोस्