इजरायलद्वारा गाजा क्षेत्र ध्वस्त पार्ने चेतावनी

इजरायलले गाजामा बसिरहेका मानिसहरूलाई शनिबार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाहीअघि बढाइरहेको भन्दै घर छाड्न चेतावनी दिएको छ। हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरायलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन्।

इजरायलले गाजामा बसिरहेका मानिसहरूलाई शनिबार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाहीअघि बढाइरहेको भन्दै घर छाड्न चेतावनी दिएको छ।

हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरायलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन्।

दक्षिण इजरायलमा साइरनका आवाजहरू सुनिएका छन्। हमासले आफूले इजरायलको एसकलोन शहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ।

इजरायली सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएकाे बीबीसीले जनाएकाे छ।

इजरायल–हमास युद्धले अमेरिकामा तनाव

मध्यपूर्व गाजापट्टिमा इजरायल र हमासबीच सुरू भएको युद्धमा अमेरिका पनि होमिएको छ।

इजरायललाई सघाउन पठाइएका अमेरिकी युद्धक विमान अन्तिम समयमा आएर इजरायली क्षेत्रमै फर्काइएका छन्। यसबाट अमेरिका युद्धमै होमिनबाट पछि हटे पनि त्यो सम्भावना टरिसकेको छैन।

प्यालेस्टाइन कट्टरपन्थी समूह हमासले आक्रमण गरेपछि इजरायलले त्यसको प्रतिकार गर्दै इजरायल युद्धमा भएको घोषणा गरेका थिए। यस बीचमा दुबैतर्फ ठूलो संख्यामा धनजनको क्षति भएको छ। यद्यपि, दुबै पक्षले परस्पर विरोधी संख्या बाहिर ल्याएका छैन जसको स्वतन्त्ररूपमा पुष्टी हुन सकेको छैन।  

यो युद्धले अमेरिकामा पनि एक्कासी तनाव बढेको छ। राजधानी वासिङ्टन डीसी, न्युयोर्कलगायतका ठूला सहरमा सुरक्षा सतर्कता बढाइएको छ।

इजरायलको कट्टर समर्थक अमेरिकाले हमासलाई आतंककारी भन्दै आएको छ। उसले हमासको यो आक्रमणलाई आतंकवादी कारबाही भन्दै त्यसको प्रतिरोधका लागि इजरायललाई आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको बताएको छ।

केही समयअघि मात्रै अमेरिकी राष्ट्रपति बाइडेन र इराजयली प्रधानमन्त्री नेतान्यहुबीच फोनमा कुराकानी भएको बताइएको छ। राष्ट्रपति बाइडेन र नेतान्याहूबीच लामोसमयदेखि व्यक्तिगत रूपमा सौहाद्रपूर्ण सम्बन्ध रहदैआएको छ।

अमेरिकाको चुनावमा यहुदी फ्याक्टरको अहम् भूमिका हुन्छ। राष्ट्रपतिमा जित्न यहुदी समर्थन लगभग अनिवार्य नै हुन्छ। त्यो समर्थन पाउँन पनि राष्ट्रपति बाइडेन इजरायललाई सहयोग गर्न  तत्पर हुनु अस्वभाविक हैन।

प्रकाशित मिति: : 2023-10-08 12:39:00

प्रतिकृया दिनुहोस्