थाइल्यान्डमा बढ्दैछ बन्दूककाे नशा, बढ्दैछ हत्या–हिंसा

बिएल संवाददाता

बैंकक, थाइल्यान्ड

थाइल्यान्डले बन्दूक र बन्दूकको अनुकरण गरी बनाइने हतियारमाथि नियन्त्रण बढाउने अधिकारीहरूले बिहीबार बताएका छन्।  

बैङ्कककोे एक व्यापारिक केन्द्र (सपिङ मल) मा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु र अन्य पाँच जना घाइते भएपछि थाइल्यान्डले बन्दुक तथा अन्य हतियारमाथि नियन्त्रण बढाउने अधिकारीहरूले बिहीबार बताएका हुन्।  

थाइल्यान्डका उपप्रधानमन्त्री अनुटिन चार्नभिराकुलले अवैध हातहतियारमाथि कडा निगरानी गर्ने र बन्दूकको अनुकरण गरी बन्ने हतियार नियन्त्रणका लागि कडा नियमसहित हतियार राख्ने, बोक्ने र प्रयोगमा प्रतिबन्ध लगाउने उपायहरू सरकारले लागू गर्ने बताएका छन्।

खाली बन्दूक, छर्रा बन्दूक र ‘एअरगन’हरू घातक हतियारहरूमा परिमार्जन गर्न सकिने भएकोले यस्ता हतियार राख्नका लागि प्रशासनको अनुमति पत्र (लाइसेन्स) आवश्यक पर्दछ। उनले सम्बन्धित एजेन्सीहरूसँगको बैठकपछि पत्रकारसँग भने, “अधिकारीहरूले हतियारको अवैध रूपमा आयात र अनलाइन बिक्री गर्नेहरूलाई कडा निगरानी पनि गर्नेछन्।” 

सुटिङ खेलका लागि दर्ता भएका बन्दुक सुटिङ शिविरमा मात्र राख्नुपर्ने र सुटिङ गतिविधिमा भाग लिनेलाई उमेरको प्रतिबन्ध लगाइने उनले बताएका छन्।

प्रकाशित मिति: : 2023-10-05 21:11:00

प्रतिकृया दिनुहोस्