एनआरएनए चुनाव: महिला उपाध्यक्षमा रोजिना र यासमिन भिड्दै

गैरआवासीय नेपाली संघ (एनआरएनए)को महिला उपाध्यक्षमा बेलायतकी रोजिना प्रधान राई र साउदी अरबकी यासमिन बेगम सैयदबीच प्रतिस्पर्धा हुने भएको छ।

यसअघि महिला सचिवमा तयारी गरिरहेकी राईले आफ्नो निर्णय बदल्दै महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

 यसअघि महिला उपाध्यक्षमा यासमिनले मात्र उम्मेदवारी घोषणा गरेकी थिइन्।

‘यसअघि एनआरएनए सचिव (महिला) मा उम्मेदवारी दिने मेरो पूर्व घोषणामा परिवर्तन गरी अब म एनआरएनए उपाध्यक्ष (महिला) तर्फ उम्मेदवारी दिने निष्कर्षमा पुगेको जानकारी दिन चाहन्छु’, उनले भनिन्।

एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि भएकाे भन्दै राईले भनिन्, ‘विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको १२ टक्का भन्नुभन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरी लचकता अपनाउनुपर्छ भन्ने मान्यता अनुरुप म महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको हुँ।’

उनी उपाध्यक्षमा चुनाव लड्ने भएपछि महिला सचिवमा टीका गुरुङलाई सहज हुने भएको छ।

यता, महिला उपाध्यक्षमा मध्यपूर्वकी यासमिन बेगमलाई ठूलो धक्का लागेको छ। तीन वटै प्यानलमा परेर निर्विरोध हुने कसरत गरिरहेकी यासमिनलाई रोजिनाले चुनौती दिएकी हुन्।

रोजिनालाई महेश श्रेष्ठ प्यानलको सहयोग रहेको बताइन्छ।

प्रकाशित मिति: : 2023-10-05 17:49:00

प्रतिकृया दिनुहोस्