दशैँको मुखमा 'अचाक्ली' बढ्यो खाना पकाउने ग्यासको भाउ

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले दशैँको मुखमा खाना पकाउने ग्यासको भाउमा भारी वृद्धि गरेको छ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय १५ रुपैयाँ बढाउने निर्णय गरेको हो।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएपछि ग्याससहित डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको निगमले जनाएको छ।

अब डिजेल र मट्टितेल लिटरको १ सय ७९ रुपैयाँ, पेट्रोल १ सय ८५, हवाई इन्धनको १ सय ४४ कायम भएको छ।

आइओसीबाट नयाँ खरिद मूल्य बढेर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य बढाएको निगमले जनाएको छ।

दशैँको मुखमा खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेलमा भारी मूल्यवृद्धि भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'काे चर्काे आलाेचना भइरहेकाे छ।

प्रकाशित मिति: : 2023-09-30 21:21:00

प्रतिकृया दिनुहोस्