एनआरएनए उपमहासचिवका उम्मेदवार प्रविन गुरुङका के छन् प्रतिबद्धताहरू?

File Photo
File Photo

कतारमा बस्दै आएका प्रविन गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि उपमहासचिवमा उम्मेदवारी घोषणा गरेका छन्।

११ बुँदे प्रतिबद्धतासहित उनले यो पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

लामो समयदेखि एनआरएनए अभियानमा निरन्तर लागिरहेका गुरुङले संघको संस्थागत एकता, सुधार र सुदृढीकरणका लागि ११ बुँदे एजेण्डासहित आफूलाई उपमहासचिव पदका लागि चुनावी मैदानमा उभ्याएका छन्।

‘मध्यपूर्व, मलेसिया, जापान, कोरिया र युरोपका केही देशको समस्या तथा सम्भावना लगभग एउटै प्रकारका छन्’, आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गर्दै गुरुङले भनेका छन्, ‘आज मजस्ता युवाहरूले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशतभन्दा धेरै अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। हामीले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्रमुख प्राथमिकता हुनेछ।’

यस्ता छन् गुरुङका प्रतिबद्धता पत्र

सुरक्षित र मर्यादित वैदेशिक रोजगारीः 

वैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै छ तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी छ। स्वदेशमानै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका गर्नका लागि मेरो उम्मेदवारी हो।

आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरूको समस्यालाई नजिकबाट बुझेकाले उहाँहरूको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ। सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्य गर्न मेरो उम्मेदवारी हो।

- सामूहिक लगानीः आम नेपालीले सोचेको सुखी र समृद्ध नेपाल बनाउने सपना साकार पार्नका उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउन मेरो उम्मेदवारी हो। सामूहिक लगानीमा सबैको सानो सानो पूँजी समेटर देश विकास लगानी गर्न पहल गर्नेछु।

- सीप र पूँजीको सदुपयोगः विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानुपर्ने अवस्थाको अन्त्यका लागि पहल गर्न मेरो उम्मेदवारी हो।

- स्मार्ट एनआरएनए बनाउनः विदेशमा रहेका सबैको अपनत्व हुने गरी सबै वर्ग, क्षेत्र, उमेर, लिङ्गलाई समेट्ने गरी विधान र पद्धतिमा चल्ने निस्वार्थ र गैर-राजनीतिक संस्थाका रूपमा आगाडि बढाउने प्रविधीमैत्री स्मार्ट एनआरएनए बनाउन मेरो उम्मेदवारी हो।

- रेमिट्यान्सको सही सदुपयोग र लगानीः मध्यपूर्व, मलेसिया, जापान र कोरियाका समस्या तथा सम्भावना लगभग एउटै किसिमका छन्। आज मजस्ता युवाहरूले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ हामीले पठाएको रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्राथमिकता हुनेछ। अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा बैदेशिक रोजगारीले ठोस योगदान पुर्‍याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो।

- नागरिकताको निरन्तरताका लागिः हामीले स्थापनाकालदेखि उठाउँदै आएको नागरिकताको निरन्तरताको विषय सम्वोधन भएको छ। अब यसको कार्यान्वयनसहति वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल रहनेछ साथै गोर्खा तथा पिएनओका विषयलाई अझै निष्कर्षमा पुर्‍याउन मेरो प्रतिवद्धता रहनेछ।

- स्वदेशमा पर्यटन प्रबर्द्धनः पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु। साथै विदेशी लगानी नेपाल भित्राउन एनआरएनमार्फत विशेष पहल गर्नेछु। सामूहिक लगानी ल्याउनको मेरो विशेष जोड रहनेछ।

- नेपाली कला- संस्कृतिको जगेर्ना गर्न नेपाली कला संस्कृतिलाई विदेशमा जगेर्ना गर्नका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्ने मेरो प्रतिवद्धता छ। विगतमा मैले गरेका कामको अनुभवले मलाई सहज हुनेछ।

- एनआरएनएमा युवा आकर्षित गर्न हामी अहिले पहिलो पुस्ता एनआरएनए अभियानमा लागेका छौँ। तर दोस्रो पुस्तालाई आकर्षित गर्न सकिएको छैन। त्यो पुस्ता वा युवा केन्द्रित कार्यक्रम ल्याउने प्रतिवद्ध जनाउँछु।

- एनआरएनएको परिभाषा कार्यान्वयन गर्नः गैरआवासीय नेपाली संघको स्थापनाकालमा परिभाषित र विश्वमान्यतालाई समेत आधार मानेर १८२ दिनभन्दा बढी सार्क मुलुकभन्दा बाहिर बसोबास गरेका नेपाली वा नेपाली मूलका व्यक्तिहरू गैरआवासीय नेपाली हुन् भन्ने मान्यतालाई कार्यान्वयन गराउन मेरो विषेश जोड रहनेछ।

- खेलकूद क्षेत्रमा विकास: हरेक नागरिकको स्वास्थ्य र व्यक्तित्व विकाससहित विश्वभर नै राष्ट्र पहिचानका लागि खेलकुद सबैमा अपरिहार्य छ। यसको सार्थकताका लागि प्रदेश स्तरीय सुविधा सम्पन्न बहुउद्देश्यीय स्पोर्टस क्लवको अवधारणाअनुसार नेपाल सरकारसँग समन्वय गरी कार्य सम्पादनतर्फ लाग्नेछु।

‘यी मेरा प्राथमिकताका विषयहरू हुन्। काम गर्दै जाँदा आइपर्ने तत्कालीन अवस्थाका हरेक कामहरूमा मेरो सक्रिय भूमिका रहँदै आएको छ र आगामी दिनमा पनि रहने नै छ’ उनले यी प्रतिबद्धताहरू सार्वजनिक गर्दै भनेका छन् ’एनआरएनए अभियानमा काम गर्ने मेरो अभिप्रायलाई एनआरएनए आईसीसी सचिवको भूमिकामार्फत पूरा गर्ने अवसरका लागि यहाँहरू सबैमा हार्दिक अनुरोध गर्दछु।’

प्रकाशित मिति: : 2023-09-27 13:48:00

प्रतिकृया दिनुहोस्