थाइल्यान्डस्थित नेपाली दूतावासमा मनाइयो संविधान दिवस (फाेटाे फिचर)

बिएल संवाददाता

बैंकक, थाइल्यान्ड
BreaknLinks
BreaknLinks

थाइल्यान्डमा रहेका नेपालीहरूले पनि संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएका छन्।

संविधान तथा राष्ट्रिय दिवसका अवसरमा थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली दूतावासमा बिहिबार एक कार्यक्रम आयोजना गरियो।

थाइल्यान्डका लागि नेपाली दूतावासका इन्चार्ज खगराज पाण्डेले नेपाली राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेलले दिएको शुभकामना सन्देश कार्यक्रममा वाचन गरेका थिए।

इन्चार्ज पाण्डेले नेपालको संविधानको मर्म र भावनाअनुरूप इमान्दार भएर काम गर्न अपरिहार्य भएको बताउँदै सबैमा संविधान दिवसको शुभकामना व्यक्त गरेको नेपालीभाषीहरूले जनाएका छन्।

संविधान दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत, थाई नेपाली संघका संरक्षक कुमार कार्की, थाई नेपाली संघकी अध्यक्ष वाड्सना राईसहित दूतावासका कर्मचारी, नेपाली समुदायको उपस्थिति थियो।

प्रकाशित मिति: : 2023-09-21 07:12:00

प्रतिकृया दिनुहोस्