पाकिस्तान–इरान सीमा नाकामा व्यापार ठप्प भएपछि तुर्बतका स्थानीयले गरे प्रदर्शन

बिएल संवाददाता

इस्लामावाद
Photo- dawn
Photo- dawn

पाकिस्तानको बलुचिस्तानको तुर्बत क्षेत्रमा व्यापार गतिविधिमा प्रतिबन्धको विरोधमा नेशनल पार्टी, हक दो तहरीक र अन्य दलका कार्यकर्ता र समर्थकहरूसहित लाखौँ स्थानीय जनताले विरोध र्‍याली निकालेका छन्।

आफ्ना माग लेखिएका प्लेकार्ड र ब्यानर बोकेर दलका नेता, कार्यकर्ता र समर्थकले तुर्बत नगरमा र्‍याली निकालेका थिए। आन्दोलनको नेतृत्वमा राष्ट्रिय पार्टीका नेताहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए।

सहरमा र्‍याली गरेपछि प्रदर्शनकारीहरूले तुर्बत सहरको मुख्य सडकमा धर्ना दिए, जहाँ विभिन्न राजनीतिक दलका नेताहरूले प्रदर्शनकारीहरूलाई सम्बोधन गरेको डन पत्रिकाले उल्लेख गरेको छ।

उनीहरुले सरकारविरुद्धको कदम भन्दै व्यापारिक गतिविधिमा प्रतिबन्ध लगाएको भन्दै कडा शब्दमा निन्दा गरेका छन्।

आन्दोलनरत दलका नेताहरूले इरानी तेल र अन्य वस्तुको ‘कानूनी आपूर्ति’लाई गैरकानुनी भन्दै सरकारको अडानमा अचानक परिवर्तन भएको गुनासो गरेका छन्। उनीहरुले सरकारले आफ्नो नीति पुनरावलोकन गरी सीमा व्यापारलाई अनुमति दिनुपर्ने माग गरेका छन्।

बलोचले सेप्टेम्बर २१ मा मक्रन क्षेत्रमा हडतालको घोषणा गरेको छ। उनीहरुले पाकिस्तानको अन्तरिम सरकारको भूमिका स्वतन्त्र र निष्पक्ष चुनाव गराउनु मात्र भएको र सीमा बन्द गर्ने कुनै अधिकार नभएको बताएका छन्।

प्रकाशित मिति: : 2023-09-19 14:00:00

प्रतिकृया दिनुहोस्