एसिया कप खेलेर मुस्कानसहित स्वदेश फर्कियो राष्ट्रिय टोली (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं
BreaknLinks
BreaknLinks

एसिया कप खेल्न पाकिस्तान र श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको छ। टोली बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो।

आयोजक पाकिस्तान र भारतसँग सम्मानजनक खेल खेलेर स्वदेश फर्किएको टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधिहरुले स्वागत गरेका छन्। भने, एपीएफको टोलीले ब्यान्ड बाजासहित स्वागत गरेको छ।

टोलीले १३ गते पाकिस्तान र १८ गते भारतसँग प्रतिस्पर्धा गरेको थियो। नेपाल दुवै टोलीसँग पराजित भएर समूह चरणबाटै बाहिरिएर प्रतियोगिता नसकिँदै स्वदेश फर्किएको हो।

टोलीले खेल जित्न नसके पनि सम्मानजनक प्रदर्शन गरेर राम्रो चर्चा पाइरहेको छ।

प्रकाशित मिति: : 2023-09-06 14:09:00

प्रतिकृया दिनुहोस्