कनकासुन्दारीकाे जिप दुर्घटनामा परेर ज्यान गुमाउनेकाे पहिचान खुल्याे

जुम्लाको कनकासुन्दरी- ४ स्थित छलपुनेरामा जिप दुर्घटना परेर मृत्यु भएका दुई जनाकाे पहिचान खुलेकाे छ।

जिप दुर्घटनामा परेर ज्यान गुमाउनेमा मुगु छायानाथ रारा नगरपालिका– ५ का चालक अबिराज कार्की र सह-चालक रुपबहादुर रावल भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामवहादुर बुढामगरले बताए।

आइतबार बिहान ६ः४५ बजे जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप छलपुनेरामा दुर्घटना भएको थियाे।

प्रकाशित मिति: : 2023-09-03 13:09:00

प्रतिकृया दिनुहोस्