पाकिस्तानको सिन्धमा डेंगु संक्रमितकाे संख्या बढ्दाे

पछिल्लो २४ घण्टामा पाकिस्तानको कराँचीमा कम्तिमा ११ डेंगु ज्वरोका घटनाहरू पुष्टि भएको एआरवाई न्यूजले सिन्ध स्वास्थ्य विभागको तथ्याङ्कलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

प्रान्तीय स्वास्थ्य विभागको रिपोर्टअनुसार कराँचीमा अधिकांश मामिला जिल्ला पूर्वमा रेकर्ड गरिएको छ, जहाँ गत २४ घण्टामा कुल छ व्यक्तिहरू भाइरसबाट संक्रमित भएका छन्।

अर्कोतर्फ जिल्ला मध्यमा चार जनामा डेंगुको संक्रमण देखिएको छ। स्वास्थ्य विभागको तथ्याङ्कअनुसार सिन्धमा पछिल्लो २४ घण्टामा डेंगुका बिरामीको संख्या २०८ पुगेको छ भने सिन्धमा यस महिना डेंगु ज्वरोका बिरामीको कुल संख्या ९४८ पुगेको छ।

यसबाहेक सिन्धमा डेंगु ज्वरोका केसहरू यस वर्ष बढेर ७७१ पुगेको छ, अगस्टमा लामखुट्टेबाट सर्ने रोग डेंगुको संक्रमणमा ठुलो वृद्धि भएको छ। अगस्टमा सिन्धमा कुल १ सय ७० डेंगुका घटनाहरू रिपोर्ट गरिएका थिए।

यसअघि पञ्जाबमा एकै दिनमा जम्मा ६७ जना डेंगुका घटनाहरू रिपोर्ट गरिएको थियो, जसले मनसुनको मौसममा लामखुट्टेबाट सर्ने रोगमा डरलाग्दो वृद्धि भएको सङ्केत गर्छ। पञ्जाबका स्वास्थ्य सचिवले विगत २४ घण्टामा प्रान्तमा ६७ जना डेंगु ज्वरोका बिरामी फेला परेको बताए।

प्रान्तीय स्वास्थ्य सचिव अलि जान खानकाअनुसार यस वर्ष ३६ जिल्लामा १ हजार ४२ डेंगुका विरामी पुष्टि भएका छन्।

यस्तै यो वर्ष रावलपिण्डीमा १ सय ६५ डेंगुका बिरामी भेटिएका छन्।

प्रकाशित मिति: : 2023-09-03 10:31:00

प्रतिकृया दिनुहोस्