जापानमा सन् १९२३ मा भएको महाकान्टो भूकम्पमा ज्यान गुमाएकाको सम्झना टोकियोमा स्मृतिसभा आयोजना गरिएको छ।
सेप्टेम्बर १, १९२३ मा जापानको कान्टो क्षेत्रमा ७.९ म्याग्निच्युडको भूकम्प हुँदा एक लाख ४० हजारभन्दा बढीको मृत्यु भएको थियो।
भूकम्पपछि भएको हिंसामा छ हजारभन्दा बढी कोरियाली र सात सय ५० चिनियाँ मारिएका थिए।
चीन र दक्षिण कोरियाली जापानी सैन्यवादीहरूले हिंसा साम्य पार्ने बहानामा आफ्ना नागरिकको निर्ममतापूर्वक हत्या गरेको आरोप लगाउँदै आएका छन्।
स्मृतिसभामा पीडित परिवारका प्रतिनिधिले जापान सरकारलाई माफी माग्न तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका थिए।
सभामा जापानस्थित दक्षिण कोरियाली र चिनियाँ दूतावासका प्रतिनिधिले इतिहासको त्यो कालो दिन आफूहरूले नबिर्सने बताउँदै जापानी समाजले पनि आफ्ना शासकहरूबाट भएको जघन्य घटना सम्झनुपर्ने विचार व्यक्त गरेका थिए।
स्मृतिसभामा जापान सरकारका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।