चीनको पोखरा साइनो

हिमाल खबर

दुर्गा राना मगर

चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले पोखरा भ्रमण गरेसँगै जोडिएको साइनो अहिले चीनका विभिन्न शहरसँग भगिनी सम्बन्ध गासिँदै मजबूत बनिरहेको छ।

नयाँ विमानस्थल चीन र नेपालबीचको साँचो प्रेम र आपसी सहयोगको साक्षी दिने मित्रता परियोजना हो।

गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले विमानस्थलले विशेष गरेर पोखराको विकासमा सहयोग पुग्ने बताए।

त्यस्तै, गत असार ८ मा फेवा तालमा ‘नेपाल-चाइना ड्रागन बोट रेस’ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको उल्लेख गरे। उनले भने, “ड्रागन बोट रेस लगायत कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बन्ध सुमधुर हुनुका साथै नेपालको विशेष गरेर पोखराको पर्यटन प्रर्वद्धन गर्न सघाउ पुग्नेछ।”
 

प्रकाशित मिति: : 2023-09-01 12:44:00

प्रतिकृया दिनुहोस्