चीनको एउटा आवासीय भवनमा आगलागी– ६ जनाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

पूर्वी चीनको झेजियाङ प्रान्तको एक आवासीय भवनमा बुधबार बिहान भएको आगलागीमा परी छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। 

ताइझोउm शहरको लुकियाओ जिल्लाको हेङजी टाउनशिपको कियानयाङपान गाउँमा रहेको एक घरमा बुधवार बिहान ३ः४० बजे आगलागी भएको जिल्ला सरकारले जनाएको छ।

प्रहरीबाट खबर प्राप्त भएपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए तर प्रहरी पुग्दा आगलागी भएको घरमा ६ जना फसेका थिए। प्रहरीले तीन जनालाई घाएते अवस्थामा र तीन जनाको मृत शरीर घरबाट निकालेका थिए।

घाइत तीन जनालाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो। आगलागी कसरी शुरू भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2023-08-31 05:45:00

प्रतिकृया दिनुहोस्