आचरण सुधार नगर्ने हजारौँलाई दण्ड

 चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले निर्धारण गरेका आचरण सुधारका आठबुँदे संहिता उल्लङ्घन गरेको आरोपमा  हजारौँलाई दण्ड दिइएको छ।

अनुशासन कायम नगरेको अभियोगमा गत महिना ११ हजार ६७४ जनालाई सजाय गरिएको भ्रष्टाचार विरोधी निकायले आज जनाएको हो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन निरीक्षण आयोग र सुपरिवेक्षणको राष्ट्रिय आयोगले जारी गरेको विज्ञप्तिअनुसार सरकारी सेवाका आठ हजार १५७, अनियमितताका मामिलामा संलग्न आठ हजार ५३ जनालाई अनुशासनको कारबाही गरिएको हो।

कर्मचारीतन्त्रलाई कर्मचारीको हितका निम्ति मात्र अधिक उपयोग गरेका पाच हजार ४५७ जना र आमोदप्रमोद एवं सुखसुविधामा आफूलाई केन्द्रित गरेका ६ हजार २०० जनालाई सजाय दिइएको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: : 2023-08-29 05:27:00

प्रतिकृया दिनुहोस्