कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासकाे मत

फाइल तस्विर
फाइल तस्विर

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्।

साउन १६ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थापाले सोमबार विश्वासको मत लिएका हुन्।

विश्वासको मत दिने प्रयोजनको लागि बसेकाे प्रदेशसभा बैठकमा उपस्थित ७७ जनामध्ये ४७ जनाले मुख्यमन्त्री थापाको पक्षमा मत दिए। भने, विपक्षमा ३० मत पर्‍यो।

बैठकको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेर बहुमत पुर्‍याइएको हो।

मन्सुरीले मत फिर्ता लिने समय चलिरहेका बेला गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई मत दिएका थिए।

प्रकाशित मिति: : 2023-08-21 17:43:00

प्रतिकृया दिनुहोस्