मेराे चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी सम्झौता हुने विश्वास छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको बताएका छन्।

नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु।’

उनले वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको बताए।

धानमन्त्री प्रचण्डले अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाई उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको उल्लेख गरे।

नेपालमा जलविद्युत विकासको इतिहास एक सय १२ वर्षभन्दा पुरानो भए तापनि जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकेकाे भन्दै चिन्ता व्यक्त गरे।

‘खोला नाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने बिडम्वनापूर्ण अवस्था छ। यसको अन्त्य गर्न अहिले योजनाबद्ध रूपमा काम गरिरहेका छौँ। अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेका छन्’, उनले भने। 

प्रकाशित मिति: : 2023-08-18 12:59:00

प्रतिकृया दिनुहोस्