अहिले अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख छ: अर्थमन्त्री महत

File Photo
File Photo

अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन्।

आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गरे।

‘अहिले अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख छ। हामीलाई सकारात्मक दिशातर्फ जानुछ र जान सकिन्छ भन्ने धारणा हुनुपर्ने हो। तर सबैतिरबाट नकारात्मक मात्रै सोच राख्ने प्रवृत्ति देखियो’, निजी क्षेत्रतर्फ इङ्गित गर्दै अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्र सुधारका लागि प्रयास भइरहेका छन् र सकारात्मक नतिजा पनि देखिँदै गएको छ।’

कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको असरपछि असरलगायतका कारण अर्थतन्त्र समस्यामा परेको भए पनि सुधारका लागि सबै क्षेत्रबाट सकारात्मक धारणा बन्दै जानुपर्ने र यसो हुनसके मात्रै अपेक्षित लगानी आउन सक्ने अर्थमन्त्री महतको भनाइ छ।

निजी क्षेत्रका छाता संस्था र तिनका पदाधिकारीले अर्थतन्त्रको अवस्थाबारे समान धारणा बनाउन आवश्यक रहेको भन्दै यसका लागि सुझाव दिए।

निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भएको र सरकारले आन्तरिक उत्पादन बढाउने नीति लिँदा पनि निजी क्षेत्रले यसको लाभ लिन नसकेको उनको भनाइ छ।

चालु आर्थिक वर्षका लागि सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न जिम्मेवार भएर काम गर्न पनि अर्थमन्त्री महतले देशभरका राजस्व कार्यालयका कर्मचारीलाई निर्देशन दिए।

कर प्रणाली सुधारका लागि कर्मचारीको सम्पूर्ण ध्यान जानुपर्ने, करको दायरामा आउन नसकेका व्यवसायलाई करको दायरामा ल्याउन सक्नुपर्ने, करदातालाई सोसम्बन्धी शिक्षा दिनुपर्ने, कर प्रशासनका कर्मावको राजस्वको लक्ष्य सजिलै भेटिनेमा उनले विश्वास व्यक्त गरे।

‘राजस्व कार्यालयका कर्मचारीले आफ्नो विवेक पनि प्रयोग गर्नुपर्यो र नीति, नियम, कानुनभित्र बसेर सहजतापूर्वक काम गर्नुस्। उठाउनुपर्ने करमा सम्झौता गर्दैनौँ तर करदातालाई असर गर्नेगरी कुनै व्यवहार पनि गर्दैनौँ भन्ने मानसिकताले काम गर्नुहोला’, कर्मचारीलाई निर्देशन दिँदै अर्थमन्त्री महतले भने।

प्रकाशित मिति: : 2023-08-15 15:14:00

प्रतिकृया दिनुहोस्