एनआरएनए थाइल्यान्डकाे अपीलः खुशी कार्कीलाई सक्दो भोट गरिदिनुहाेस्

बिएल संवाददाता

थाइल्यान्ड
BreaknLinks
BreaknLinks

खुशी कार्कीले ‘मेरो डान्स युनिभर्स’को फाइनल प्रवेश गरेकी छिन्।

थाइल्यान्ड र म्यान्मारको प्रतिनिधित्व गर्दै ‘मेरो डान्स युनिभर्स’काे शीर्ष पाँचमा छानिएकी उनलाई गैरआवासीय नेपाल संघ थाइल्यान्डले भोट गरिदिनका लागि थाई नेपाली, बर्मेली नेपाली र नेपालका नेपालीहरूलाई अपील गरेको छ।

‘एनआरएनए थाइल्यान्डको सदस्य, पीएनओ थाइल्यान्डकी प्रतिनिधि सुश्री खुशी कार्कीलाई भोट गरिदिनुहुन अनुरोध गर्न चाहन्छौँ, जुन नेपालको अहिले सम्मकै सबैभन्दा प्रतिष्ठित नृत्य प्रतियाेगिता मध्यको एक मेरो डान्स युनिभर्समा शीर्ष स्थानको लागि सहभागिता र गणना गरिरहेकी छन्। नेपालमा आयोजित एनआरएनए थाइल्यान्डले तपाईहरू सबैलाई सक्दो भोट गरेर सहयोग र प्रोत्साहन गरि उनको सपना साकार पार्न सहयोगको साथै अत्याधिक मत दिइ विजयी गराउन सहयोग गर्नुहुन अनुरोध गर्दछाैँ,’ एनआरएनए थाइल्यान्डले भन्याे।


थाइल्यान्ड र म्यान्मारमा ‘खुशी’ बाँड्दै खुशी कार्की


प्रकाशित मिति: : 2023-08-13 13:15:00

प्रतिकृया दिनुहोस्