सामुदायिक वनको योगदान

मानव जीवनको सबैभन्दा आधारभूत तत्त्व के हो ? अक्सिजन। यही तत्त्वको एकमात्र स्रोत हो,  वनजंगल। नेपालमा स्थानीय स्तरमा भएका प्रयासमध्ये अत्यन्त सफल मानिएको सामुदायिक वनको रोचक इतिहास छ। 

सिन्धुपाल्चोक जिल्लाको ठोकर्पाका स्थानीय जनप्रतिनिधिको मस्तिष्कमा फुरेको एउटा सोचले मूर्तरूप पाउने क्रममा विशेषतः नेपालभर, त्यसपछि संसारभर नै प्राप्त मान्यता सामुदायिक वनको अवधारणा हो। तत्कालीन श्री ५ को सरकार, सचिवस्तरको निर्णयबाट २०३० साउन २५ गते पहिलो पटक ठोकर्पाको वन स्थानीय समुदायलाई संरक्षण र विकास गर्न स्वीकृत दिइएको थियो। यही  दिन अर्थात् साउन २५  लाई सामुदायिक वन दिवसको रूपमा मुलुकभर भव्य रूपमा मनाउन थालिएको हो।

प्रकाशित मिति: : 2023-08-12 06:16:00

प्रतिकृया दिनुहोस्