उत्तर भारतमा सडक दुर्घटनामा परी छ प्रहरी अधिकारीको मृत्यु

बिएल संवाददाता

नयाँदिल्ली

भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना प्रहरी अधिकारीको मृत्यु भएको सरकारी स्रोतले पुष्टि गरेको छ।

राज्यको चम्बा जिल्लामा प्रहरी गस्तीमा गएका बेला दुर्घटना भएको हो।

ठूलो ढुङ्गाले ठक्कर दिएपछि प्रहरी चढेको गाडी अनियन्त्रित भई सडकबाट चिप्लिएर गहिरो खाल्डोमा खसेको थियो।

दुर्घटनामा एक स्थानीयको पनि मृत्यु भएको छ। दुर्घटनामा परी अर्का एक स्थानीय बासिन्दा र तीन जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित मिति: : 2023-08-12 05:36:00

प्रतिकृया दिनुहोस्