पाकिस्तानको कराँचीमा बस र डम्पर ठोक्किँदा ४ जनाको मृत्यु, १८ जना घाइते

बिएल संवाददाता

इस्लामावाद

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा सोमबार बस र एउटा डम्पर ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा चार जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको उद्धार सेवाले जनाएको छ।

प्राप्त जानकारी अनुसार शहरको उत्तरी बाइपासको एकतर्फी बाटोमा यात्रुवाहक बसले गाडीलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किदा सो दुर्घटना भएको हो।

घाइतेहरूलाई स्थानीय अस्पतालमा पुर्याइएको छ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

उद्धार सेवाका अनुसार बसमा सवार यात्रु कराँचीका बासिन्दा रहेको र पिकनिक जाँदै गरेको बुझिएको छ।

प्रकाशित मिति: : 2023-08-08 05:24:00

प्रतिकृया दिनुहोस्