पश्चिमी मङ्गोलियामा चट्याङ लागेर २ जनाको मृत्यु

पश्चिमी मङ्गोलियामा चट्याङ लागेर ११ र १२ वर्षका दुई बालिकाको मृत्यु भएको छ भने १४ वर्षका युवक गम्भीर घाइते भएको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले आइतबार जनाएको छ।

घटना शनिबार साँझ  युभिएस प्रान्तको तारियालन सोम (प्रशासकीय उपविभाग) मा भएको  आपतकालीन एजेन्सीले जनाएको छ।  घाइतेको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मङ्गोलियाका  विभिन्न भागहरू, विशेष गरी मध्य र पूर्वी प्रान्तहरूमा, चट्याङ र मेघगर्जनसँगै भारी वर्षा हुने प्रक्षेपण गरिएको पनि एजेन्सीले जनाएको छ। साथै जनतालाई सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: : 2023-08-07 06:47:00

प्रतिकृया दिनुहोस्