अफगानिस्तानमा घरको छत खस्दा तीन जनाको मृत्यु

पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार घरको छाना खस्दा तीन जनाको मृत्यु भएको छ। सो घटनामा अर्का एक जना घाइते भएका छन्।

आज बिहान सबेरै अबन्द जिल्लामा भएको घटनामा तीन महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ। घटनाका पीडित सबै एकै परिवारका सदस्य रहेको बताइएको छ। 

युद्धग्रस्त अफगानिस्तानमा मानिसहरू प्रायः माटोको घरहरूमा बस्छन्। विशेष गरी भूकम्प, वर्षा, बाढी र हिमपात जस्ता प्राकृतिक प्रकोपहरूका कारण त्यहाँका स्थानीयहरू जोखिम बेहोर्न बाध्य देखिन्छन्।

प्रकाशित मिति: : 2023-08-07 05:33:00

प्रतिकृया दिनुहोस्