दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु

बिएल संवाददाता

इस्लामावाद
फाइल तस्बिर
फाइल तस्बिर

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बुधबार राति दुई समूहबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सो घटना प्रान्तीय राजधानी क्वेटामा भएको थियो। दुई समूहका सदस्यहरू बीचको मौखिक झगडा  उग्र बन्दै जाँदा उनीहरूले एकअर्का माथि गोली  प्रहार गरेको प्रहरीले जनाएको छ। 

जग्गा विवादमा झडप भएका दुवै समूह शहरका प्रभावशाली परिवारका सदस्यहरी रहेको बुझिएको छ। गोली हानाहानमा कैयौँ व्यक्ति घाइते भएका थिए।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। थप अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ।

प्रकाशित मिति: : 2023-08-04 06:41:00

प्रतिकृया दिनुहोस्