दक्षिण कोरियामा छुरा प्रहारबाट १४ जना घाइते

 दक्षिण कोरियाका एक युवाले कार हाँकेर पैदलयात्रु हिँड्ने नजिकै ल्याएर रोके। अनि कारबाट निस्किएर जथाभावी छुर प्रहार गरे।

ती उत्तेजक युवाको छुरा प्रहारबाट १४ जना घाइते भए। दक्षिण कोरियाको राजधानी सिओलका २० किलोमिटरकोको दुरीमा भएको घटना आजै भएको छ।

दक्षिण कोरियाली प्रहरीलाई उदृत गर्दै जर्मनीको विश्व समाचार च्यानल डिडब्लूका अनुसार १३ घाइतले अस्पताल भर्ना भएका छन्।

गत जुलाई २१ मा पनि दक्षिण कोरियाको राजधानीमा यस्तै घटना भएको थियो जसमा एकको मृत्यु र ३ घाइते भएका थिए। तुलनात्मक रुपमा शान्त र सुरक्षित मानिने दक्षिण कोरियामा यस्ता घटनाले भय सिर्जना गर्न थालेको विश्व मिडियाहरुले उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2023-08-04 05:28:00

प्रतिकृया दिनुहोस्