
बिएल संवाददाता
जुम्लाकाे कनकासुन्दरीमा खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना र बाल, लैंगिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गरिएकाे छ।
कनकासुन्दरी गाउँपालिका र सबैको लागि दिगो खानीपानी सरसफाइ तथा स्वच्छता परियोजनाको सयुक्त लगानीमा सञ्चालित कुकुरदुला रानीसैन खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना सम्पन्न भएकाे हाे।
खानेपानी, बाल, लैंगिक तथा अपाङ्गमैत्री शौचालयकाे संयुक्त उद्घाटन गरिएकाे गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले बताए।
उनका अनुसार आयाेजना नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन कनकासुन्दरी गाउँपालिका र उपभोक्ता समितिको सहयोगमा कुल ६८ लाख २ हजारमा सम्पन्न भएकाे छ।
आयोजनाले ४७८१ मिटर शाखालाइन पाइप, एउटा इन्टेक निर्माण, एउटा २० घनमिटर, एउटा वटा धारा स्वास्थ्य एकाई तथा माथिल्लो र तल्लो रानिसैन गरी १२४ घरधुरीका धारामा पानी आउने भएकाे छ।
उक्त आयोजनाबाट १२४ घरधुरीका ६४६ जनसंख्या र स्वास्थ्य एकाई प्रतक्ष्य लाभान्वित हुने पालिका अध्यक्ष आचार्यले बताए।
स्वच्छ तथा दिगो खानेपानी सेवा दिनुका साथै सबै घरधुरीहरुमा एक घर एक धारा, एक चांग एक हातधुने स्थानका साथै एक घर एक चर्पी निर्माण गर्न लगाउने र पूर्णसरसफाइ युक्त गराउने परियोजनाको लक्ष्य रहेको परियाेजना सहायक पूर्णप्रसाद हमालले बताए।
साथै कनकासुन्दरी गाउँपालिका-३ स्थित ओखरपाटामा कैलाश आधारभूत विद्यालयको चार कोठे पक्की बाल, लैंगिक तथा अपाङ्गमैत्री शौचालयको उदघाटन गरिएकाे वडा अध्यक्ष भैरबहादुर बुढाले बताए।
कुल १६ लाख ४० हजार ६ मा निर्माण गरिएकाे शौचालयमा बालमैत्री धारा पनि निर्माण गरिएकाे छ। जसबाट ८० जना छात्र-छात्रा र ४ जना कर्मचारीलाई सुबिधा पुगेकाे कार्यपालिका सदस्य चन्द्रकलि बुढाले बताइन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया