बिएल संवाददाता
जुम्लाकाे कनकासुन्दरीमा खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना र बाल, लैंगिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गरिएकाे छ।
कनकासुन्दरी गाउँपालिका र सबैको लागि दिगो खानीपानी सरसफाइ तथा स्वच्छता परियोजनाको सयुक्त लगानीमा सञ्चालित कुकुरदुला रानीसैन खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना सम्पन्न भएकाे हाे।
खानेपानी, बाल, लैंगिक तथा अपाङ्गमैत्री शौचालयकाे संयुक्त उद्घाटन गरिएकाे गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले बताए।
उनका अनुसार आयाेजना नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन कनकासुन्दरी गाउँपालिका र उपभोक्ता समितिको सहयोगमा कुल ६८ लाख २ हजारमा सम्पन्न भएकाे छ।
आयोजनाले ४७८१ मिटर शाखालाइन पाइप, एउटा इन्टेक निर्माण, एउटा २० घनमिटर, एउटा वटा धारा स्वास्थ्य एकाई तथा माथिल्लो र तल्लो रानिसैन गरी १२४ घरधुरीका धारामा पानी आउने भएकाे छ।
उक्त आयोजनाबाट १२४ घरधुरीका ६४६ जनसंख्या र स्वास्थ्य एकाई प्रतक्ष्य लाभान्वित हुने पालिका अध्यक्ष आचार्यले बताए।
स्वच्छ तथा दिगो खानेपानी सेवा दिनुका साथै सबै घरधुरीहरुमा एक घर एक धारा, एक चांग एक हातधुने स्थानका साथै एक घर एक चर्पी निर्माण गर्न लगाउने र पूर्णसरसफाइ युक्त गराउने परियोजनाको लक्ष्य रहेको परियाेजना सहायक पूर्णप्रसाद हमालले बताए।
साथै कनकासुन्दरी गाउँपालिका-३ स्थित ओखरपाटामा कैलाश आधारभूत विद्यालयको चार कोठे पक्की बाल, लैंगिक तथा अपाङ्गमैत्री शौचालयको उदघाटन गरिएकाे वडा अध्यक्ष भैरबहादुर बुढाले बताए।
कुल १६ लाख ४० हजार ६ मा निर्माण गरिएकाे शौचालयमा बालमैत्री धारा पनि निर्माण गरिएकाे छ। जसबाट ८० जना छात्र-छात्रा र ४ जना कर्मचारीलाई सुबिधा पुगेकाे कार्यपालिका सदस्य चन्द्रकलि बुढाले बताइन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया