एनआरएनए म्यान्मारमा देवेन्द्र नौलखा दोस्रोपटक निर्विरोध

गैरआवासीय नेपाली संघ (एनआरएनए) म्यान्मारको नेतृत्वमा देवेन्द्र नौलखा दोहोरिएका छन्। आउँदो कार्यकालका लागि अध्यक्ष पदमा नौलखाको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन्।

उनी यसअघि पनि सहमतिमै अध्यक्ष बनेका थिए। यस्तै, उपाध्यक्षमा सुशिल मोर (प्रथम) र भेषराज नेउपाने (द्वितीय) चयन भएका छन्।

महासचिवको जिम्मेवारी सञ्जय पोखरेलले पाएका छन्। सचिवमा राजु पोखरेल चुनिएका छन्। त्यस्तै, कोषाध्यक्षमा मोतिलाल रिजाल र लेखा समिति संयोजकमा लक्ष्मण पौडेल निर्वाचित भएका छन्। डा. बिना सापकोटालाई महिला विभाग संयोजकको जिम्मेवारी दिइएको छ।

यसैगरी, कार्यसमिति सदस्यहरूमा बगरंगीलाल चौधरी, शंकर पराजुली, बालकृष्ण गौतम, गोकुल रिजाल र गोविन्द सुवेदी चयन भएका छन्।
विभागीय महासचिवमा डा. सोनिया पोखरेल र तारा रिजाल चयन भएका छन् भने पूर्वअध्यक्ष सागर घिमिरेलाई आइसीसी सदस्यमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिलाई म्यान्मारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे र आइसीसी सदस्य घिमिरेको उपस्थितिमा सपथ खुवाइएको थियो।

प्रकाशित मिति: : 2023-07-30 13:07:00

प्रतिकृया दिनुहोस्