एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाधिवेशन सुरु

बिएल संवाददाता

क्वालालम्पुर

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आठौं राष्ट्रिय महाधिवेशन राजधानी क्वालालम्पुरमा सुरु भएको छ।

महाधिवेशनको उद्घाटन मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले गरे।

यस्तै, विशेष अतिथिका रुपमा संघका केन्द्रीय उपाध्यक्ष आरके शर्मा, धर्मराज अधिकारी, युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रविण गुरुङ, कम्बोडियाका अध्यक्ष लालसिंह खड्कालगायतका पदाधिकारी मलेसिया आइपुगेका छन्।

मलेसियामा क्रियाशिल रहेका नेपाली संघसंस्थाका प्रतिनिधि पनि महाधिवेशनमा सहभागी छन्। महाधिवेशनबाट आगामी कार्यकालका लागि निर्विरोध चयन भएका पदाधिकारीले कार्यभार सम्हाल्नेछन्।

आगामी कार्यकालको लागि नेतृत्वमा विनोद थापा दोहोरिएका छन्। अध्यक्ष पदमा थापासहित राकेश महतोले पनि दावी गरेका थिए। तर, अन्तिममा सर्वसम्मतमा नेतृत्व चयन भएको हो। महाधिवेशनमा ३ सय बढी नेपालीको सहभागीता छ।

प्रकाशित मिति: : 2023-07-30 11:36:00

प्रतिकृया दिनुहोस्