महाराष्ट्रको बुलढानामा सवारी दुर्घनाः छ जनाको मृत्यु, एक्काइस घाइते

शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्ग आज बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन्। 

राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई वटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए।

अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै  र एक यात्रुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। अन्य घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

बुलढाना जिल्लाको मलकापुर नगरस्थित रहेको रेलवे पुलमा अमरनाथ यात्राबाट हिङ्गोलीतर्फ गइरहेको बस र  नागपुरबाट नासिकतर्फ गइरहेको अर्को बस एक आपसमा ठोक्किएका थिए। दुर्घटनाको अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: : 2023-07-30 06:24:00

प्रतिकृया दिनुहोस्