एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट विजयी

BreaknLinks
BreaknLinks

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित भएका छन्।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको १० औं राष्ट्रिय महाधिवेशन मार्फत भट्ट सन् २०२३-०२५ का लागि निर्वाचित भएका हुन्।

बिहीबारदेखि शुक्रबार रातिसम्म भएको अनलाइन मतदान अनुसार भट्टले ३ हजार २२८ मत ल्याएका छन् भने उनका निकटत प्रतिद्वन्द्वी पदम गिरीले २ हजार ३८५ मत ल्याएका थिए। 

त्यसैगरी प्रथम उपाध्यक्ष कृष्ण पन्थी, द्वीतिय उपाध्यक्ष केशव कार्की, तृतीय उपाध्यक्षमा सन्दीपकुमार भट्टराई, महिला उपाध्यक्ष नानु घले र युवा उपाध्यक्षमा सुवासबहादुर थापा निर्वाचित भएका छन् भने महासचिवमा रबिन मगर निर्वाचित भएका छन्।

निर्वाचनमार्फत सचिवमा ओमबहादुर क्षेत्री (सन्तोष), रोशन अर्याल र सुरज शर्मा अधिकारी तथा कोषाध्यक्षमा बुद्ध पाण्डे, सह-कोषाध्यक्षमा झबिन्द्र आचार्य विजयी भएका छन्।

युवा संयोजकमा मेहेद सिंह तामाङ र महिला संयोजक सुस्मा खतिवडा कटवाल विजयी भएका छन्।

त्यस्तै सदस्यहरूमा इनुस मोमिन, इसिलाल पन्डित, झबिन्द्रप्रसाद बेल्बासे, तिलकबहादुर बस्नेत, दुर्गाबहादुर बिक, टंक बहादुर बिक, परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, बिनोद राना मगर, बिष्णु सापकोटा, बिनोद रानामगर, मो.अजाद मंसुर, मो.कौसर रब्बानी, रमेश केसी, राजेन्द्र काफ्ले, सन्तोष कुँवर, सन्तोष पौडेल, सुमनकुमार लोध, सुदिप पाठक, श्यामप्रसाद पौड्याल निर्वाचित भएका छन्।

लेखा समिति संयोजकमा कबिन्द्र कँडेल, लेखा समिति सदस्यमा गिरिराज दुवाडी, बिकास लामा निर्वाचित भएका छन्।
एनआरएनए कतारको  निर्वाचनमा  ६२.८० प्रतिशत मत खसेको थियो।

प्रकाशित मिति: : 2023-07-29 09:53:00

प्रतिकृया दिनुहोस्