आङ सान सुकीलाई कारागारबाट सारियो

म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ। 

तानाशाही सैन्य सरकारले नेत्री सुकीलाई सोमबार राति उच्चस्तरीय परिसरमा सारिएको नेश्नल लिग फर डिमोक्रेसी पार्टीका अधिकारीहरूले जनाएका छन्।

सैनिक स्राेतकाअनुसार सुकीले तल्लो सदनका सभामुख ति खुन म्याटसँग भेटवार्तासमेत गरेकी थिइन्। उनले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको छ।

यसअघि थाइल्यान्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेकाे अधिकारीहरू बताउँछन्। म्यान्मारमा विकसित पछिल्लो घटक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेत्री सुकीलाई राजधानी नेपिदाेस्थित विशिष्ट व्यक्ति आवासमा सारिएको छ। 

निर्वाचित नेत्री सुकीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन्। 

७८ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका कम्तिमा १८ वटा अपराधको अभियोग लगाइएको छ र करिब १९० वर्षको जेल सजाय तोकिएको छ।

प्रकाशित मिति: : 2023-07-28 16:35:00

प्रतिकृया दिनुहोस्