अमेरिकामा २२ वर्षयताकै उच्च सन्दर्भ ब्याजदर

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा सन्दर्भ ब्याजदर  बढेर ५.२५ देखि ५.५० प्रतिशतसम्म पुगेको छ । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक)ले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएसँगै नयाँ सन्दर्भ ब्याजदर कायम भएको हो।

सन् २०२२ मार्चयता ११औं पटक बढेक यो ब्याजदर सन् २००१ यताको २२ वर्षमा सबैभन्दा उच्च दर हो। 

मुद्रास्फितिले अर्थतन्त्रमा परिरहेको असरलाई मध्यनजर गर्दै ब्याजदर बढाइरहेको अमेरिकामा जुन महिनामा भने वार्षिक उपभोक्ता मुद्रास्फिति दर ३ प्रतिशतमा झरेको थियो। तर, यो पर्याप्त नभएको भन्दै फेडरल रिजर्भ बैंकले ब्याजदर बढाएको हो।

बैङकका अध्यक्ष जेरोम पावेलले एक पत्रकार सम्मेलन आयोजना गर्दै मुद्रास्फिति नियन्त्रणका लागि ब्याजदर नै प्रभावकारी औजार रहेको बताएका छन्।

प्रकाशित मिति: : 2023-07-28 09:54:00

प्रतिकृया दिनुहोस्