एनआरएनए यूएईको अध्यक्षमा विकास शाही सर्वसम्मत चयन

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (नेपाल एसोसिएसन), यूएईको अध्यक्षमा विकास शाही निर्विरोध चयन भएका छन्।

निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार वर्तमान उपाध्यक्ष शाही २०२३–०२५ कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन्।

अन्तिम नामावलीअनुसार शाहीको मात्रै उम्मेदवारी कायम भएको निर्वाचन समितिका संयोजक रमेश श्रेष्ठले जानकारी दिए।

यस्तै अन्य पदमा पनि चाहिने जतिमात्रै संख्यामा उम्मेदवारी परेपछि सबै सर्वसम्मत भएका छन्। जसअनुसार उपाध्यक्षमा मनोज कुमार सैजु, सोनाम श्रेष्ठ, भीम मल्ल, फणिन्द्र ढकाल, शम्भु कुमार वाइबा निर्वाचित भएका छन्।

यसैगरी महासचिवमा भुवन कुमार वाग्ले सर्वसम्मत बनेका छन्। यसैगरी सचिवमा नवराज श्रेष्ठ, जीवन सिंह ठकुरी, विनोद बस्नेत, अरुण अधिकारी, कुमार श्रेष्ठको नाम अन्तिम सूचीमा समेटिँदा कोषाध्यक्षमा प्रकाश थापा चयन बनेका छन्।

त्यसैगरी महिला संयोजकमा मञ्जु उचाइ, युवा संयोजकमा अपिल भट्टराई र सहकोषाध्यक्षमा नवराज ढुंगाना चयन भएका छन्। यसैगरी ११ जनाको सदस्य र ४ जनाको आईसीसी सदस्य पदमा उम्मेदवारी कायम भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: : 2023-07-20 17:54:00

प्रतिकृया दिनुहोस्