द्रुतमार्गमा आठ वटा मोटर ठोक्किदा आठ जनाको मृत्यु

उत्तरपूर्वी चीनको गान्सु प्रान्तस्थित द्रुतमार्गमा आज बिहान पाँच वटा मोटरकार र तीन वटा ट्रक एकआपसमा ठोक्किदा आठ जनाको मत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन्।

झाङ्गे शहरको सान्दन काउन्टीमा हिजाे भएको उक्त दुर्घटनामा सबै आठ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रान्तीय आपत्कालीन कार्यालयले जनाएको छ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उद्धारका काम पनि पूरा भएका छन्। 

विश्वका अन्य देशको तुलनामा अधिक सवारी दुर्घटना हुने र धेरैले ज्यान गुमाउने गरेकाले चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव एवम् राष्ट्रपति हु जिन्ताओले आफ्नै कानुनी व्यवस्था भएका हङकङ र मकाउबाहेक मुख्यभूमिमा लागू हुनेगरी सन् २००४ मा सवारी दुर्घटना नियन्त्रणसम्बन्धी कानुनी घोषणा गरेका थिए। उक्त कानुनको अक्षरसः पालना नहुँदा चीनमाा सडक दुर्घटना बढेका बताइएको छ।

प्रकाशित मिति: : 2023-07-18 05:56:00

प्रतिकृया दिनुहोस्