विभिन्न चाडपर्व तथा विवाहको अवसरमा महिलाहरु मेहेन्दी लगाउने गर्छन्। विशेष गरेर साउन महिनामा हातमा मेहेन्दी र हरियो चुरा लगाउने चलन छ।
त्यसैगरी हरितालिका तीजमा पनि महिलाहरुको हातमा मेहेन्दी देखिन्छ। सुन्दर देखिनका लागि मेहेन्दी लगाइएता पनि हिन्दु धर्ममा यसको आफ्नो छुट्टै विशेषता छ।
मेहेन्दीको रंग जति गाढा लाग्यो त्यति राम्रो भन्ने गरिन्छ। गाढा रंगले महिलाहरुको हात आकर्षक र सुन्दर देखिन्छ। यदि मेहेन्दी फिका लाग्यो भने त्यो एकदमै भद्दा देखिन्छ।
धेरै जनाको हातमा मेहेन्दीको रंग गाढानलाग्न पनि सक्छ र धेरैको त लगाएको भोलि पल्ट बाट नै रंग जाने गर्छ। यस्तो हुन नदिनको लागि यी घरेलु उपायहरु अपनाउन सकिन्छ।
तोरीको तेल
मेहेन्दीको रंग गाढा बनाउनको लागी यसलाई कहिले पनि पानीले नमेट्नुस्। त्यसको सट्टामा हातमा केहि तोरीको तेल लगाउनुहोस् र तेलको मद्दतले आफ्नो हातको मेहेन्दी बाट छुटकारा पाउनुहोस्।
मेहेन्दी हटाएपछि, एक पटक फेरी आफ्नो हातमा तोरीको तेल लगाउनुहोस्। यसले तपाइँको रंग बृद्धि गर्दै जान्छ।
लवांङ्ग
विभिन्न परिकारमा हाल्नको लागि प्रयोग गरिने लवांङ्गले पनि हाम्रो मेहेन्दीलाई गाढाबनाउन मद्दत गर्छ। यसको लागी, तातो प्यानमा लवांङ्गलाई हल्का तताउनु होस् र आफ्नो हत्केलाहरुमा राखेर रगड्नुहोस्।
तर ध्यान राख्नुहोस् लवांङ्गलाई आफुले सहन सक्ने गरि मात्र तातो बनाउनुहोस। यसको प्रयोग कागती र चिनीको रस लगाएपछि पनि प्रयोग गर्न सक्नुहुनेछ।
कागती र चिनीको रस
धेरैजसो मानिसहरु यो नुस्खाको उपयोग आफ्नो हातको मेहेन्दीलाई गाढाबनाउनको लागि प्रयोग गर्ने गर्छन तर यसलाई लगाउने विधि भने सही तरिकाले अपनाउदैनन्।
यस्तो स्थितिमा, मेहेन्दी पुरै सुकेर सुख्खा भएपछि मात्र कागती र चिनीको एक चिपचिप लेप जस्तो बनाएर लगाउनुपर्छ। यसले मेहेन्दीको रंग गाढाबनाउनुका साथसाथै धेरै दिन सम्म रहिरहन मद्दत गर्छ।
भिक्स
टाउको दुखाई वा चिसोको राहतको लागि भिक्सको प्रयोग गर्ने गरिन्छ। तर धेरैलाई थाहा नहुन सक्छ भिक्सले पनि मेहेन्दीलाई गाढाबनाउन मद्दत गर्छ। यसको प्रयोग, रातभरि मेहेन्दी राखेपछि, भोलिपल्ट बिहान मात्र हातमा भिक्स लगाउनुहोस्।
भिक्सको प्रयोगले हातमा गर्मी दिन्छ र गर्मीले गर्दा मेहेन्दीको रंग राम्रो आउने र एकदमै गाढाहुन्छ। तर ध्यान राख्नुहोस् मेहेन्दी हटाउन कहिले पनि पानीको उपयोग नगर्नुहोस्।
अचारको तेल
अचारको तेलले पनि हाम्रो मेहेन्दीको रंगलाई गाढा बनाउन मद्दत गर्न सक्छ। तसर्थ, मेहेन्दी सुकाएपछि, हातमा अचारको तेल पनि लगाउन सकिन्छ।