पैतालिस वर्षपछि यमुनाले फेरि डुबायाे दिल्ली

बिएल संवाददाता

नयाँ दिल्ली
All photoes: PTI
All photoes: PTI

दिल्लीमा बिहीबार यमुना नदीको पानीको सतह बढेर २०८.६ पुग्यो। 

यसभन्दा पहिले सन् १९७८मा यमुनाको पानी बढेर २०७.४९ पुगेको थियो। त्यसपछि दिल्लीमा बाढी आयो र ठुलौ नोक्सान भयो। 

हाल दिल्लीका तल्लो क्षेत्रका भागहरु डुबानामा परेका छन्। र यसैगरी पानीको सतह बढ्दै गयो भने उच्च भागका आवासीय क्षेत्रहरु समेत डुबानको प्रभावमा पर्न सक्दछन्। 

यस सम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आपतकालीन बैठक बोलाएका छन् र केन्द्रीय गृहमन्त्री अमित शाहलाई  चिठ्ठी पनि लेखेका छन्।

उनले लेखेका छन्– ‘देशको राजधानी भएकाले दिल्लीमा केही हप्तामा यँहा शिखर सम्मेलन हुन लागेको छ, देशको राजधानीमा आएको बाढीको खबरले विश्वमा राम्रो सन्देश जाँदैन। हामी सबै मिलेर दिल्लीलाई यस परिस्थितबाट बचाउनुपर्छ। ’

आम जनतामा बाढीकै डर

केन्द्रीय जल आयोगको बाढी निगरानी (फ्लड मोनिटरिङ) पोर्टलका अनुसार पुरानो दिल्लीको पुलमा बुधबार बिहान ४ बजे पानीको स्तर २०७ मिटर थियो। जुन २०१३ पछि पहिलो पटक सबैभन्दा उच्च भएको हो। 

यससँगै बिहान आठ बजेसम्म पानीको सहत बढी २०७.२५ मिटर पुग्यो। जस कारण दिल्लीका तल्लो क्षेत्रका भागहरु डुबानमा परे। दिल्लीमा पछिल्लो तीन दिनदेखि यमुना नदीको जलस्तर तीव्र गतिमा बढिरहेको छ।

सोमबार राति पानीको सतह बढ्दै २०६ मिटर पुगेपछि तल्लो क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षित स्थानतर्फ लैजान थालिएको हो। खराब अवस्थालाई ध्यानमा राख्दै, दिल्ली पुलिसले प्रभावित क्षेत्रमा धारा १४४ लागू गर्दै बिना कारण चार जना भन्दा बढी मानिस एक ठाउँमा भेला नहुन आग्रह गरेका छन्।

दिल्लीमा सन् १९२४, १९७७, १९७८, १९९५, २०१० र २०१३ मा बाढी आएको थियो। र अहिले अवस्था पनि सन् १९७८ को बाढीजस्तै हुने हो कि भनेर धेरैलाई डर लागेको छ।

१९७८मा के भएको थियो?

५ सेप्टेम्बर १९७८ को अङ्ग्रेजी पत्रिका इन्डियन एक्सप्रेसले एउटा आटिर्कल लेख्यो। जसमा लेखिएको अनुसार बाढी आएकाले दिल्लीको ‘महारानी बाग, न्यू फ्रेन्ड्स कालोनी, जामिया मिलिया इस्लामिया र ओखला क्षेत्रबाट मानिसहरूलाई बाहिर निस्कन निर्देशन दिइएको थियो।’

यस्तै यमुनाका चार पुल पुरानो रेलवे पुल, वजिराबाद पुल, आयकर कार्यालय नजिकको पुल र ओखलाको पुल ४८ घण्टादेखि आवागमनका लागि बन्द गरिएको दिल्लीका उत्तर  भोगका ३० गाउँहरुमा बाढी आएको समाचार प्रकाशन गरेको थियो। 

समाचारहरुका अनुसार जीटी रोडबाट कर्णाल जाने सडकको ठूलो भागमा पानी पसेपछि सवारी आवतजावत बन्द भएको थियो। शाह आलम बाँधमा दरार परेका कारण प्रशासनले उत्तरी दिल्लीका सात उपनिवेशका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान चेतावनी दिएको थियो। खोला लद्दाखी बुद्ध विहार नजिकैको चक्रपथको किनारमा पुगेको थियो। यसबाहेक उत्तर प्रदेशमा उद्धारका लागि सेना बोलाइएको समाचार माध्यमहरुमा उल्लेख भएका थिए। 

के अझै यमुनाको सतह बढ्छ?

समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली सिँचाइ तथा बाढी नियन्त्रण विभागका एक अधिकारीले नदीको पानीको सतह अझै बढ्न सक्ने बताएका छन्। 

यसैबीच, मौसम विभागका अनुसार आगामी दुई दिन उत्तराखण्डमा पानी पर्ने सम्भावना छ रहेको छ,भने उत्तर प्रदेश र मध्य प्रदेशमा पनि भारी वर्षाको सम्भावना रहेको छ। तर बुधबार बिहानको तुलनामा दिउँसो नदीको बहावमा कमी आएको जैविक विविधता विज्ञ डा.फयाज खुड्सारले बिबिसी हिन्दीलाई बताएका छन्। र पछिल्लो समय  पानी कम परेको र यस्तै अवस्था रहेमा पानीको वहाव कम हुने छ। 

के हालको अवस्था १९७८को भन्दा फरक छ?

डा. खुड्सारका अनुसार हालको बाढी प्रभावित मानिसहरु मैदानमा बसोबास गरेको बताउँछन्।

बीबीसी हिन्दीसँग कुरा गर्दै उनले भनेका छन्, यो बाढीले के गरेको छ , त्यो सब हामीले देखेका छौंर अब ‘ दिल्लीको फ़्लडप्लेन (बाढी मैदान) लाई बचाएर राख्न सकिएन भने पानी कहाँ जान्छ।’

सन् १९७८ मा यमुनाको तटबन्ध त्यति राम्रो नभएकाले पानी धेरै ठाउँमा पसेको उनीको भनाई छ।।तर यसपाली अवस्था त्यति खराब थिएन। तरपनि बाढी आयो। त्यसैले फ़्लडप्लेनमा तटबन्ध बनेमा बाढीको  पानी सिमित हुन्छ।

किन आयो बाढी?

डा. खुड्सारका अनुसार दिल्लीमा धेरै पटक पानी पर्दैन परे पनि नदीमा मात्रै सिमित हुन्छन्। पानी परेको समयमा नदीहरूमा बाढी आउनु सामान्य हो। तर, वन, घाँसे मैदान र सिमसार क्षेत्र कम  हुँदा पानी सञ्चय गर्न सक्दैनन् र बाढी आँउछ।

बाढीले यमुनामा के परिवर्तन भयो ?

भारी बहावमा यमुनाको प्रदूषण घटेको डाक्टर फय्याज बताउँछन्। उनीभन्छन्, अहिलेको अवस्था यस्तो छ कि यमुनाको सबै प्रदूषण धुइसकेको छ, यो एकदम स्पष्ट छ। तर, अवस्था सामान्य भएपछि फेरि प्रदूषण बढ्छ ।

करिब ४१,००० मानिस बसोबास गर्ने दिल्लीको नदी नजिकका तल्लो क्षेत्रहरूलाई बाढीको जोखिममा मानिन्छ। दिल्ली विकास प्राधिकरण, राजस्व विभाग र निजी व्यक्तिको जग्गा भए पनि नदीको बाढी मैदान वर्षौंदेखि अतिक्रमण हुँदै आएको छ।

गत वर्ष सेप्टेम्बरमा यमुनाले दुई पटक खतराको निशान नाघेको थियो र पानीको सतह २०६।३८ मिटर पुगेको थियो।

सन् २०१९ मा अगस्ट १८–१९ मा नदीमा ८.२८ लाख क्युसेक पानीको बहाव थियो र पानीको सतह २०६.६ मिटरसम्म पुगेको थियो। एजन्सीको सहयोगमा
 

प्रकाशित मिति: : 2023-07-13 19:59:00

प्रतिकृया दिनुहोस्