एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा शर्माको दाबेदारी

BreaknLinks
BreaknLinks

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा प्रकाश शर्माले उम्मेदवारी दिएका छन्। न्यूयोर्कबाट आफूलाई स्वतन्त्र उम्मेदवारको घोषणा गर्दै शर्माले बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिएका हुन्।

अमेरिकामा दुई गुटले समूहसहित विभिन्न राज्यमा चुनावको तयारी गरिरहेकाबेला उनले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रस्तुत गरेका हुन्।

उनले भाषणमा नभई काममा विश्वास गर्नु पर्ने बताउँदै संघमा युवा प्रतिनिधित्व बढाउन आह्वान गरेका छन्।

उनी पर्वत समाज न्यूयोर्क कार्यका महासचिव समेत हुन्।

उनले सामाजिक सञ्जालमार्फत् एनआरएनए अमेरिकाको नेतृत्व र अन्य पदमा जान कसैको पुच्छर समात्नु पर्ने र घिनलाग्दो राजनीतिको अन्त्य र एनआरएनएको रुपान्तरणमा जोड दिएका छन्।

उनी उमेरले २६ वर्षमात्र टेकेका छन्।

‘हाम्रालाई हैन राम्रालाई रोजौं। केही गर्छु भन्नेलाई अगाडी बढाउनुपर्छ,’ उनको आग्रह छ।

प्रकाशित मिति: : 2023-07-13 20:11:00

प्रतिकृया दिनुहोस्