भाजपा कार्यकर्तमाथि प्रहरीको लाठी, जिल्ला महामन्त्रीको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली
फोटो: शशि भूषण सिंह
फोटो: शशि भूषण सिंह

सरकारको विरोध गरिरहेका भारतीय जनता पार्टीका कार्यकर्ताले निकालेको एउटा जुलुसमा प्रहरीले लाठी गर्दा पार्टीका जिल्ला महामन्त्री विजय सिंहको मृत्यु भएको छ।

सरकारको अनियमितताका मुद्दाहरू उठाउँदै भारतीय जनताका कार्यकर्ता केही दिनदेखि प्रदर्शनमा उत्रिरहेका छन्।

पूर्व उपमुखख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता सुशील मोदीले सामाजिक सञ्जालमा सिंहको मृत्युको पुष्टि गरेका छन्।

विधानसभा घेर्न मार्चपासमा उत्रिएका भारीतय जनता पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले लाठी बर्साउँदा कैयौँ घाइते भएका छन्।

 

प्रकाशित मिति: : 2023-07-13 16:38:00

प्रतिकृया दिनुहोस्