पुनहरू मगर नै हुन् कि छुट्टै जाति?

हिमाल खबर

यामबहादुर पुन र सुरवीन्द्र के. पुन

म्याग्दी र म्याग्दीबाट बसाइँ सरेर पोखरा, चितवन, बुटवल र बेलायत पुगेका पुन समुदायका केही व्यक्तिले आफूहरू ‘मगर होइनौं’ भन्ने दाबी गर्दै आएका छन्। यो अभियान एक दशकभन्दा बढी समयदेखि चलेको सुनिन्छ।

पछिल्लो उत्कर्षमा राष्ट्रिय तथ्यांक कार्यालयले जब राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गर्ने क्रममा ‘पुन जाति’ भनेर मगरबाट अलग जनसंख्या निकाल्यो, तब मगर सहित अरु जातिहरू ‘जाति फुटाउने’ आरोप लगाउँदै तातिए। तात्नु स्वाभाविकै थियो। यसको कारण के भन्ने प्रश्न उठ्ने हुनाले यसबारे लेख्न चासो लाग्यो। 

यस लेखमा दुई वटा मिथकबारे चर्चा गरिनेछ, जसले ‘पुन’ थरको उत्पत्तिसँगै पुनहरूको आदिपुर्खा कर्वाकेलिबारे जानकारी दिनेछ र अन्ततः पुन को हुन् भन्ने तथ्यको नजिक पुर्‍याउनेछ।
 

प्रकाशित मिति: : 2023-07-04 10:43:00

प्रतिकृया दिनुहोस्