दक्षिण कोरियामा जन्मदिनका आधारमा नै उमेर गणना गरिने

दक्षिण कोरियामा जन्मदिनका आधारमा उमेर गणना हुने नयाँ व्यवस्था बुधवारबाट कार्यान्वयनमा आएपछि नागरिकको उमेर घट्ने भएको छ।

दक्षिण कोरियामा यस पहिलेको कानुनी व्यवस्था अनुसार गर्भको समयलाई समेत समेट्दै जन्मको बखत दक्षिण कोरियालीहरूलाई एक वर्षको गणना गर्ने गरिन्थ्यो। 

साथै सबैलाई उनीहरूका जन्मदिनमा वर्षवृद्धि गर्ने प्रचलन नभई जनावरी १ मा बर्षवृद्धि गर्ने चलन थियो। नयाँ कानुन अभ्यासमा आएसँगै यो गणना गर्ने पद्धति पनि खारेज भएको छ।

राष्ट्रपति यून सङ योलले आफ्नो चुनाबी प्रतिवद्धता अनुसार परम्परागत उमेर गणना विधिलाई हटाइएको हो। उनले गत वर्ष चुनावी प्रतिस्पर्धा गर्दा यस्तो परिवर्तन गर्ने विषयलाई जोडदार रूपले उठाएका थिए।

ती परम्परागत उमेर गणनाका विधिले ‘अनावश्यक सामाजिक र आर्थिक मूल्य चुकाउनु परेको’ उनले बताए।

यस विधिले बीमाको भुक्तानी र सरकारी सहायता कार्यक्रममा सहभागी हुन योग्य हुने उमेर निर्धारणका क्रममा विवादहरू सिर्जना भएका थिए।

प्रकाशित मिति: : 2023-06-29 20:43:00

प्रतिकृया दिनुहोस्