घोराही उपमहानगरपालिकाद्वारा २ अर्ब १५ करोड बजेट विनियोजन

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट विनियोजन गरेको छ।

आइतबार उपमहानगरको १३ औं नगरसभामा उपप्रमुख हुमा डिसीले बजेट सार्वजनिक गरेकी हुन्। बजेटमा चालूतर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पूँजीगत तर्फ ८७ करोड ५१ लाख ४३ हजारको विनियोजन गरिएको छ।

प्रकाशित मिति: : 2023-06-25 17:34:00

प्रतिकृया दिनुहोस्