रोजगारी खोज्ने क्रममा नै लैङ्गिक विभेद

जापानमा हालै गरिएको एक सर्वेक्षणले जापानमा रोजगारी खोज्नेमध्ये करिब ३३ प्रतिशतले आफ्नो लिङ्गका कारण भेदभाव महसुस गरेको देखाएको स्थानीय अखबार असाही शिम्बुनले जनाएको छ।

रेन्जो नामले चिनिने जापानी ट्रेड युनियन कन्फेडेरेसनले गत तीन वर्षमा १५ देखि २९ वर्ष उमेर समूहका एक हजार पुरूष र महिलालाई समेटेर गरेको अनलाइन सर्वेक्षणका क्रममा रोजगारी खोज्ने क्रममा विभेद हुने गरेको देखिएको हो।

राष्ट्रव्यापी सर्वेक्षणले ३२.८ प्रतिशत उत्तरदातामध्ये ३०.१ प्रतिशत पुरुष र ३५.७ प्रतिशत महिला यौनिकताबाट पीडित रहेको देखाएको छ।  

सर्वेक्षणमा सहभागी मध्ये ३९.६ प्रतिशत उत्तरदाताले पुरुष वा महिलाका लागि काम गर्ने स्थान तयार पारिएको बताएका थिए भने ३६.९ प्रतिशतले फरक फरक लैंगिक रोजगार कोटा रहेको बताएका थिए।  

यसबाहेक, जागिरको खोजीमा भौतारिएका १९.५ प्रतिशत व्यक्तिले उनीहरूको अन्तर्वार्ताको क्रममा अनुचित टिप्पणीहरू सुनेको बताएका छन्।

'तपाईं महिला भएकाले रोजगारीबाट छिट्टै बिदा लिनुहुन्छ' महिलालाई रोजगारी दिँदा हुने समग्र बुझाइबारे २५ वर्षीया एक महिलाले कम्पनीका प्रतिनिधिलाई उद्धृत गर्दै भने। 
 

प्रकाशित मिति: : 2023-06-22 18:56:00

प्रतिकृया दिनुहोस्