तातोपानी- ४ ले बाँड्याे जेष्ठ नागरिकलाई लाैराेसहितका सहायता सामाग्री

जुम्लाको तातोपानी गाउँपालिका– ४ ले आफ्नाे वडाका जेष्ठ नागरिकलाई सहायता सामाग्री वितरण गरेकाे छ। वडाभरिका १ सय २७ जेष्ठ नागरिकलाई सहायता सामाग्री वितरण गरिएको वडा अध्यक्ष अमरबहादुर राेकायाले बताए।

‘बुडेशकालमा वृद्धहरु एकबाट दुई भयाैं भनेर भन्नुहुन्छ,’ उनले भने, ‘त्यसैले सहायताका लागि हामीले लाैराे, हर्लिक्स र हाड जाेर्नीमा लगाउने आयुर्वेदिक तेल वितरण गरेका हाैं।’

४ नम्बर वडा कार्यालयले वडाको हाँकु, गिडीखोला, गोतामवाडा र नियापानीका जेष्ठ नागरिकलाई सहायता सामाग्री वितरण गरेको हो। वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार लक्षित वर्ग कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकलाई हिँडडुल गर्नका लागि लट्ठी तथा हर्लिक्स र आयुर्वेदिक औषधि वितरण गरिएको हो।

एक जेष्ठ नागरिकबराबर १ हजार ८ सय २ रुपैयाँको लट्ठी, ५ सय रुपैयाँको हर्लिक्स र २ सय रुपैयाँको आयुर्वेदिक तेल वितरण गरिएको वडा सचिव टिकराज न्यौपानेले बताए।

‘१२७ जेष्ठ नागरिकलाई तीन लाखबराबरको सहायता सामाग्री वितरण गरिएको हो,’ उनले भने

प्रकाशित मिति: : 2023-06-17 20:32:00

प्रतिकृया दिनुहोस्