जर्नेलको ड्राइभर पनि जर्नेल नै

हिमाल खबर

काठमाडौँ

डेढ दशकअघि अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघको मिशनमा काम गर्ने अवसर जुटेको थियो। प्रहरी युनिट प्रमुखको हैसितमा अफगान प्रहरीको ‘भेटिङ’ गर्ने र प्रहरी सुधारको योजनामा अन्तर्राष्ट्रिय समुदायसँग काम गर्ने जिम्मेवारी थियो। यसका लागि प्रहरी सुधारमा नेतृत्व लिएका जर्मनी र अमेरिकाको अगुवाइमा स्थापित छुट्टाछुट्टै टोलीसँग काम गर्नुपर्थ्यो।

जर्मनी नेतृत्वको यूरोपोल र अमेरिकाको अगुवाइमा खटिएको इन्टरनेशनल सेक्युरिटी असिस्टेन्स फोर्स (आईसाफ) थिए। दुवै टोलीले प्रहरी सुधारका छुट्टाछुट्टै योजना कार्यान्वयन गरिराखेका थिए। लागूऔषध अपराध नियन्त्रणको क्षेत्रमा काम गरेका विभिन्न राष्ट्रका प्रतिनिधि पनि आआफ्ना राष्ट्रबाट प्रहरी सुधारका कार्यक्रममा काम गर्न अफगान पुगेका थिए।

प्रकाशित मिति: : 2023-06-13 06:11:00

प्रतिकृया दिनुहोस्